हेटौँडा अस्पतालको नवनिर्मित भवन राष्ट्रपतिद्वारा उद्घाटन गरिने
काठमाडाैं | फागुन ७, २०७९
हेटौँडा: हेटौँडा अस्पतालको नवनिर्मित भवनको राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गर्नुहुने भएको छ । सङ्घीय सरकारको बजेटमा निर्माण भएको ७० शैयाको नयाँ भवनको मङ्गलबार राष्ट्रपति भण्डारीले उदघाटन गर्ने कार्यक्रम तय भएको अस्पातल व्यवस्थापन तथा सञ्चालन समितिले जनाएकोछ ।
अस्पतालले आइतबार पत्रकार सम्मेलन गरी नयाँ भवन निर्माणसँगै थप सेवा र सुविधा विस्तार गरेको जनाएको छ । सङ्घीय सरकार अन्तर्गत जिल्ला अस्पतालका रुपमा रहेको हेटौँडा अस्पताल देश सङ्घीय संरचनामा गएसँगै बागमती प्रदेश सरकार मातहत रहनेगरी हस्तान्तरण गरिएको थियो ।
अस्पातल व्यवस्थापन तथा सञ्चालन समितिका सदस्य उत्सव चौलागाईँले अस्पतालको पुरानो भवन साँघुरो भएपछि र सेवाग्राहीको चाप बढेपछि नवनिर्मित भवनबाट यसअघि सेवा सञ्चालनमा ल्याइएको बताउनुभयो ।
नयाँ भवन मूल्य अभिवृद्धि करसहित सङ्घीय सरकारको ३५ करोड ३२ लाख रुपियाँको लागतमा निर्माण गरिएको हो । अस्पतालको नवनिर्मित भवन, विकास समितिको ६० र नेपाल सरकारको ५० शैया गरी झण्डै दुई सय शैया रहेको छ । प्रदेश सरकारले पछिल्लो समय मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत राखेको यस अस्पतालबाट नाक, कान, घाँटी, बालरोग, स्त्रीरोग, छाला लगायतका रोगका बिरामीका लागि विशेषज्ञ सेवा प्रदान गर्दैआएको अस्पतालका अध्यक्ष तथा प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईंले बताउनुभयो ।
प्रतिष्ठानका कुलपति प्रा.डा. विश्वराज जोशीले अस्पताललाई अध्ययन, अनुसन्धान र उपचार केन्द्रको रुपमा विकास गरिने जानकारी दिनुभयो । अस्पतालको नवनिर्मित भवन राष्ट्रपति भण्डारीबाट उदघाटन गर्ने कार्यक्रम तय भएसँगै अस्पतालको आसपासको क्षेत्रको सरसफाइ, अस्पताल परिसरका सडकको अस्थायी निर्माणमा तिव्रता दिइएको छ ।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

